arrow

हेटौंडामा हलो अगाडि, सूर्य निकै पछाडि, बीचको गठबन्धन चिन्तामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
local-level-election-12345.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मिनाकुमारी लामालाई पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । हेटौंडा उपमहानगरपालिको मेयरका लागि प्राप्त मत अनुसार गठबन्धन उम्मेदवार लामाले ८ हजार ६७ मत प्राप्त गरेकी छिन् । 

तर गठबन्धननै नगरेको राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ८ हजार २६७ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका अनन्त पौडेलले ५ हजार ५९० मत पाएका छन् । हाल हेटौंडा ३, ४, ५, १५ र १६ नम्बर वडाको मतगणना भइरहेको छ । 

गठबन्धन नै भए पनि मिना भने पछाडि परेकी छिन् । यसले सिंगो गठबन्धनलाई चिन्तामा पारेको छ । 

त्यस्तै हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा भने गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका राजेश बानियाँ अगाडि रहेका छन् । उनले  ११ हजार ७९२ मत पाएका छ । उनलाई पछ्याउँदै एमालेकी सुमित्रा काफ्लेले  ८ हजार ३३ मत ल्याएकी छन् । साथै राप्रपाकी  इन्दिरा न्यौपानेले २ हजार १० मत ल्याएकी छिन् ।

१ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णु गोपाल महर्जन, १९ मा एमालेका नारानाध अधिकारी र १८ मा अनिल बानियाँ विजयी भैसकेका छन् । २२ हजार ८५० मत गणना भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ