arrow

खोल्यो राप्रपाले पनि खाता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
218912745_867668534184573_4147723506440462065_n.jpg.jpg

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले भक्तपुरमा खाता खोलेको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्षमा जितेको छ । सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन् ।

यो वडामा अन्य सबै सदस्य पनि राप्रपाले जितेको छ । सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामालगायतका छन्  । लामाले एक हजार ४११ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याए ।

सो वडामा २०७४ को निर्वाचनमा राप्रपाबाट लामा नै उम्मेदवार थिए । तर, उनलालई एमालेका सन्तबहादुर वाइवाले हराएका थिए । सो वडामा नेपाली कांग्रेसले पनि राप्रपालाई सहयोग गरेको थियो । जिल्लामा भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिका छन् ।

भक्तपुर र सूर्यविनायकमा १०र१०  र मध्यपुर थिमि र चाँंगुनारायणमा नौरनौ गरी यहांँ कुल ३८ वटा वडाहरू छन् । २०७४ सालको निर्वाचनमा राप्रपाले एउटा पनि वडामा जित्न सकेको थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ