arrow

महामन्त्री शशांक निकट उर्मिला भइन उपाध्यक्ष

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
urmila-thapaliya.jpeg
काठमाडौं। नेपा विद्यार्थी संघको महिला उपाध्यक्षमा उर्मिला थपलिया निर्वाचित भएकी छन्। उनले निकटतम प्रतिष्पर्धा कृष्णकुमारी बस्नेतसँग थियो। थपलिया पार्टी महामन्त्री डा शसांक कोइराला निकट मानिन्छिन् भने बस्नेतलाई सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन थियो। 
 
को हुन उर्मिला थपलिया?
साहित्यमा समेल आफूलाई अब्बल राख्दै नेपाली काँग्रेसको महासमिति सदस्य समेत बनिसकेकी उर्मिला थपलिया अहिले नेपाल विद्यार्थी संघको छात्रा तर्फको उपाध्यक्ष पदमा निर्वाचित भएकी छिन् । कहिले कविता मार्फत् अनुभूतिका तरंग पोख्ने त चन्द्रमल्लिक गजल संग्रहमा आफ्ना भाव बगाउने थपलियाको डालो मनको उर्घार्दा कविता संग्रह पनि बजारमा आएको छ। यससँगै नेविसंघ के हो ? नेविसंघ गीतसँगै अन्य ४ गीतहरू समेत गाईसकेकी थपलियाले मरेर पनि अमर गिरिजाबाबु र सम्झनामा सुशील’दा नामक दुई कितावको सम्पादन समेत गरेकी छिन् । 
 
वि सं २०५३ सालमा तात्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला धादिङ गएको समयमा उनलाई भेटेपछि प्रत्यक्ष राजनीतिमा लाग्न रहर जागेको बताउने थपलियाले नीलकण्ड मावि धादिङको काई उपाध्यक्ष, नेविसंघ धादिङको कोषध्यक्ष, नेविसंघ धादिङको तदर्थ समिति सदस्य हुँदै २०५८ सालसम्म आईपुग्दा जिल्ला कार्य समिति धादिङको सचिवसम्म बनेकी थिईन्। त्यसपछिका वर्षहरूमा विश्वभाषा क्याम्पसमा स्ववियू सचिव समेत बनेकी थपलिया २०६३ सालमा नेविसंघ केन्द्रमा केन्द्रीय सदस्यको रूपमा मनोनित भएकी हुन्। 
 
महिलालाई ३ सत्तासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यतालाई पुरूषको भन्दा भिन्न कठिनाई भन्दै यतिका संघर्ष गरेर आएका महिलाहरूलाई नेतृत्व तहमा भने स्थान नदिनु, आरक्षणका आँखाले हेरेर विभेदको सिर्जना गर्ने परिपाटीलाई चिर्नको लागि आफूले उम्मेदवारी दिएको भन्दै उनी पुरूष सत्ताबादी सोचलाई बदल्नको लागि आफूले पुरूषबादी सोचको घेरा नाघेको बताउँछिन। नेविसंघको लागि आफूले दूधे बालक छाडेर समेत जिल्ला दौडाहमा हिँडेको स्मरण गर्दै थपलियाले भन्छिन् सानो बच्चा बोकेर पनि नेविसंघमा सक्रिय राजनीति गर्नेको संघर्षको कदर सबै मतदाताले गर्नुभएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ