arrow

चट्याङ लागेर ७२ भेंडा मरे

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
Myagdi-hamrakura.jpg.jpeg
बाबियाचौर (म्याग्दी)। म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका र दुई कृषक घाइते भएका छन्।
 
स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेंडा मरेका र गोठमा रहेका इन्द्रबहादुर छन्त्याल र नरे विक सामान्य घाइते भएका गुर्जा गाविसका सामाजिक परिचालक झकबहादुर छन्त्यालले जानकारी दिए।
 
बिहानमात्र होस खुलेका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त छन्। घाइतेद्वय छन्त्याल र विकका साथै भवीर विक, खिमसर विक, दुर्ग विक, विनय विक र प्रेमप्रसाद छन्त्यालका भेंडा मरेका थिए।
 
रातको समयमा भेंडा राखेको खर्कमा चट्याङ परेको थियो। सो स्थानमा संयुक्त भेंडागोठ थियो। अन्य घाइते भेंडा अझै अलपत्र अवस्थामा रहेकाले मर्नेको सङ्ख्या बढ्न सक्ने सामाजिक परिचालक छन्त्यालले बताए।
 
ती भेंडा मरेर रु १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। जिल्ला पशुसेवा कार्यालयका प्रमुख दयाराम चापागार्इंले क्षतिको विवरण सङ्कलन गरी कृषकलाई राहतको व्यवस्था मिलाउन पहल गर्ने बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ