arrow

रेणुले विजयसँगको अन्तर बढाउँदै लगिन्, विद्रोही जगन्नाथको दरिलो उपस्थिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
renu-vijay-jagannath.jpg

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । २० हजार ४९५ मतगणना हुँदा रेणुले ६ हजार ९२७ मत ल्याएकी छिन् । 

दोस्रो स्थानका नेकपा एमालेका विजय सुवेदीले ६ हजार ६७२ मत ल्याएका छन् । उनी रेणुभन्दा २५५ मतले पछाडि परेका छन् । यो गणना भएदेखि पहिलो पटक रेणुले यो फराकिलो अन्तर बनाएकी हुन् । रेणु गठबन्धनकी उम्मेदवार हुन् । 

नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दरिलो उपस्थिति देखाएका छन् । उनले ३ हजार ३९१ मत ल्याइसकेका छन् । 

उपप्रमुखमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाउन सफल भएका छन् । उनले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३९६ मत ल्याएकी छिन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ