arrow

पालिका प्रमुखमा एमालेले पनि शतक बनायो, कांग्रेसले डेढ सय कटायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । तीन सय ५५ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि बढेको छ । 

कांग्रेसले पालिका प्रमुख र उपप्रमुख गरी तीन सय पद जितिसकेको छ । कांग्रेसले १५६ पालिका प्रमुख जितेको छ । कांग्रेसले अझै १५० पालिकामा अग्रता लिइरहेको छ । 

दोस्रो स्थानको एमालेले शतक पार गरेको छ । एमालेले १०५ पालिका जितेको छ । ९१ पालिकामा अग्रता लिएको छ । 

तेस्रो भएको माओवादी केन्द्रले ७७ पालिका जितेको छ भने ३९ पालिकामा अग्रता लिएको छ । अन्यले ९ सिट जित्दा २० मा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले ५ सिट जित्दा १४ सिटमा अगाडि रहेको छ । 

जनता समाजवादी पार्टीले ३ सिट जित्दा ३१ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी ११ सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले १५५ सिट जित्दा १२९ सिटमा अगाडि रहेको छ । 

एमालेले १०३ सिट जित्दा १२१ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्र ७६ सिट जित्न सफल भएको छ भने ४९ सिटमा अगाडि रहेको छ । 

नेकपा एकीकृत समाजवादीले ११ सिट जित्दा १२ सिटमा अगाडि छ । अन्यले ५ सिट जित्दा ११ सिटमा अगाडि रहेको छ । 

जनता समाजवादी पार्टीले ४ सिट जित्दा २६ सिटमा अगाडि रहेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी १० सिटमा अग्रता लिएर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ