arrow

हेटौंडामा गठबन्धनकी लामालाई अग्रता, राप्रपा दोस्रो तथा एमाले तेस्रो स्थानमा 

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ जेठ ३ मंगलबार
local-level-election-2079.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनकी उम्मेदवार नेकपा समाजवादीकी मिनाकुमारी लामाले अग्रता लिएकी छिन् । हाल हेटौंडा ४, ५, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ । १ नम्बर वडामा नेपाली कांग्रेसका सविन न्यौपाने, २ मा कांग्रेसकै विष्णुगोपाल महर्जन, १९ मा एमालेका नरनाथ अधिकारी, १८ मा एमालेका अनिल बानियाँ र हेटौंडा ३ मा कांग्रेसका ढलकबहादुर थापा विजयी भैसकेका छन् ।

अहिले २८ हजार ३५६ मत गणना भएको छ । मंगलबार राति ८ बजेसम्मको ताजा मतपरिणाम अनुसार हेटौंडा उपमहानगरपालिको मेयरका लागि लामाले ८८४५ मत, राप्रपाका दिपकबहादुर सिंहले ८७९० र एमालेका अनन्त पौडेलले ७६१० मत ल्याएका छन् । 

उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले १२०४५, एमालेका सुमित्रा काफ्लेले ८२३९ र राप्रपाकी इन्दिरा न्यौपानेले २१२१ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ