arrow

नैनसिंहलाई प्रत्यासी मनोजमणीले दिए वधाई; पार्टी कार्यालय बाहिर विजय र्‍याली

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
nsu-leader-winner.jpeg
काठमाडौं। नेविसंघ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरलाई अध्यक्षका प्रत्यासी मनोजमणी आचार्यले जीतको वधाई दिदै कार्यकालको सफलताको कामना गरेका छन्। महरलाई मतगणना सकिने वित्तिकै आचार्यले महरलाई वधाई दिदै सँगै तस्विर पनि खिचाएका थिए। उनीहरुले नेविसंघलाई एकतावद्ध बनाएर जाने बताएका थिए। 
 
 
काँग्रेस कार्यालयमा भने मतपरिणाम आउँदै गर्दा खुसीयालि मनाउने क्रम जारी छ। नयाँ पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्वाचित हुने क्रम जारी रहँदै गर्दा नेपाली काँग्रेस पार्टी कार्यालय बाहिर भने विजय जुलुस भएका छन्। विभिन्न पदमा विजय हाँसिल गरेका उम्मेदवारका समर्थकहरूले पार्टी कार्यालय बाहिर नाराबाजी लगाउँदै विजयी हुनेहरूको पक्षमा नाराबाजी गरिरहेका हुन् । 
 
 
नेपाल विद्यार्थी संघको चुनावको मतगणनाको अन्तिम नतिजा अनुसार नैनसिंह महर विजयी भएका छन्। महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भए। दुई महामन्त्रीका लागि भएको निर्वाचनमा हिमालदत्त श्रेष्ठ, दिपक भट्टराई र शंकर पौडेल मैदानमा थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ