arrow

आफ्नै समूहका दुई बागीबीच प्रदेश ७ को उपाध्यक्ष निर्वाचित भए पुष्प शाही

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
pusp-shahi-new.jpeg
काठमाडौं । कांग्रेसको भ्रातृ संगठन नेविसंघको ११औं महाधिवेशनबाट प्रदेश नम्बर ७ को उपाध्यक्षमा पुष्पकुमार शाही विजयी भएका छन् । विजयी भएपछि हाम्राकुरासंग कुरा गर्दै शाहीले भने, ‘विजयी भएको कुरा सुने, तर कति मत पाए र कति मत अन्तरले विजयी भन्ने थाहा पाएको छैन ।’ पार्टीकेन्द्रीय कार्यालयमा हतारिँदै आएका शाहीले आफु विजयी भएको सुनेर दौडेर आएको सुनाए । 
 
शाहीसंगै प्रदेश नम्बर ७ बाट उपाध्यक्षका लागि चार जनाले उम्मेद्वारी दिएका थिए । चार मध्ये तीन जना एकै समूहका थिए । शाहीसंगै एउटै समूहका सरोज न्यौपाने र ईश्वर मल्ल उपाध्यक्षमा उठेका थिए । उनले भने, ‘सरोज र ईश्वर हाम्रै समूहका हुन् । उनीहरुले मेरो बागीका रुपमा उम्मेदवारी दिएका मैले सुनेको छु ।’ यद्यपि, चार जनामा फरक समूहका सोपान सिंह बोहराले समेत उपाध्यक्षमा उम्मेद्वारी दिएका थिए । 
 
शाही त्रिभुवन विश्व विद्यालय केन्द्रीय विभाग कीर्तिपुर नेविसंघ इकाई समितिको उपाध्यक्ष, नेविसंघको पूर्व केन्द्रीय सदस्य र कैलाली जिल्ला अध्यक्ष रहिसकेका छन् । शाही माउ पार्टी कांग्रेसको १२औं महाधिवेशनका महाधिवेशन प्रतिनिधि समेत हुन् ।  डोटीको गैरागाउँ गाविस–१ घर भएका शाही विद्यार्थी आन्दोलनका दृष्टिबाट निकै सक्रिय मानिन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ