arrow

ज्वाइँलाई हराउँदै जेठान सुरेन्द्र बने नगरप्रमुख 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
surendra-shrestha-congress-bhaktapur.jpg

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हात पारेको छ । २ वटा वडाअध्यक्ष नेकपा एमाले र एउटामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी भएको छ । 

मध्यपुर थिमिमा प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्नै ज्वाइँ एवं निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरेका छन् । गठबन्धनकातर्फबाट उम्मेदवार बनेका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्दी मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे ।

२०७४ मा मदनसुन्दरले नेपाली कांग्रेसका अष्ट कवेलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका थिए ।  मदनसुन्दरले १४ हजार मत पाएका थिए । यसपटक एक्लै चुनावी मैदानमा उत्रेको एमालेले मध्यपुर थिमिमा प्रमुख र उपप्रमुख दुवै गुमाउन पुग्यो ।

उपप्रमुखमा पनि गठबन्धनका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए । नेकपा माओवादी केन्द्रका श्रेष्ठले १२ हजार एक सय दुई मत ल्याई विजयी हुँदा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार आठ सय ६३ मतमा  सीमित भइन् ।

मध्यपुर थिमिको नगरसभामा गठबन्धनले करिव दुई तिहाई सिट जितेको छ । मध्यपुर थिमिको ४७ सदस्यीय नगरसभामा गठबन्धनले २९ सिट जितेको छ भने नेकपा एमालेले १३ र नेमकिपाले ४ सिट जितेको छ ।

नेपाली कांग्रेसले नगरप्रमुख, ६ वडाअध्यक्ष र १८ जना नगरसभा सदस्यसहित महुमत सिट जितेको छ । कांग्रेसले वडा नं १ मा वडाअध्यक्षसहित ४, वडा नं २ मा वडाअध्यक्षसहित दुई, वडा नं ३ मा वडाअध्यक्षसहित चार, वडा नं ४ मा एक सदस्य, वडा नं ५ मा वडाअध्यक्षसहित तीन, वडा नं ६ मा वडाअध्यक्षसहित चार सदस्य जितेको हो । त्यसैगरी वडा नं। ७ मा दुई सदस्य, ८ मा एक सदस्य जितेको कांग्रेसले वडा नं ९ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।

नेकपा माओवदी केन्द्रले उपप्रमुखसहित वडा नं ६ मा एक र वडा नं ९ मा एक सदस्य जितेको छ भने नेकपा एमालेले वडा नं १ मा एक सदस्य, २ मा तीन सदस्य, वडा नं ३ मा एक सदस्य, वडा नं ४ मा वडाअध्यक्षसहित ४, वडा नं ५ मा दुई सदस्य, वडा नं ७ मा वडाअध्यक्षसहित ३ सदस्य जितेको छ । 

नेमकिपाले वडा नं ८ मा वडाअध्यक्षसहित ४ सदस्य जितेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ