arrow

तीस वर्षपछि फर्कियो इलाममा कांग्रेसको विरासत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
kedar-thapa-bishnu-dahal-limbu-congress-ilam.jpg

इलाम । इलाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । तीस वर्षपछि इलाममा कांग्रेस फर्कने क्रममा नगरप्रमुखमा केदार थापा निर्वाचित भएका हुन् । मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै थापा निर्वाचित भएका हुन् ।

थापाले १३ हजार १ सय १५ मत प्राप्त गरे भने एमालेका चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरिन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत ल्याएकी छिन् ।

२०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो । इलाममा रहेका १२ वटा वडामध्ये ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ