arrow

रोङमा कांग्रेसको नेतृत्व, सुवास बने अध्यक्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
subash-tamang-rong-gaupalika.jpg

इलाम । इलामको रोङ गाउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सुवास निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेहरमान तामाङलाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवासले ४६७९ मत पाए भने मेहरमानले ४३२२ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल विजयी भएकी छन् । भुजेलले ४६५६ मत ल्याउदा निकटतम प्रतिस्पर्धी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मत ल्याएकी छिन् ।

६ वटा वडा रहेको रोङमा ३ वटा वडाध्यक्ष कांग्रेसले, २ वटा एमालेले र एउटा स्वतन्त्रले जितेका छन् । वडा नम्बर १, ३ र ५ मा कांग्रेसले, वडा नम्बर ४ र ६ एमालेले तथा वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ