arrow

सुद्धोधनमा कांग्रेस र एमाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
Congress-UML_Election.jpg

भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । कांग्रेसका विष्णुप्रसाद बस्याल ७ हजार ९८३ मत पाएर निर्वाचित भएका छन् । 

नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरी १ हजार ७१३ मतको अन्तरले पराजित भए । २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका चौधरीले ६ हजार २७० मत पाए । 

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छिन् । 

पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो । सुद्धोधन गाउँपालिकामा २७ हजार ५ सय ७८ मतदाता रहेकोमा २१ हजार ९ सय ६१ जनाले मताधिकार प्रयोग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ