arrow

चार सय २६ पालिकाको आयो परिणाम, प्रमुखमा कांग्रेस दोहोरो शतक नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
congress-uml-maobadi-as-jasapa.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । चार सय २६ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि बढेको छ । 

कांग्रेस पालिका प्रमुखमा दोहोरो शतक नजिक पुगेको छ । उपप्रमुखमा पनि कांग्रेस दोहोरो शतक नजिक छ । 

कांग्रेसले १९८ पालिका प्रमुख जितेको छ । कांग्रेसले अझै १२२ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले १२१ पालिका जितेको छ । ७५ पालिकामा अग्रता लिएको छ । 

तेस्रो भएको माओवादी केन्द्रले ८३ पालिका जितेको छ भने ३२ पालिकामा अग्रता लिएको छ । अन्यले १२ सिट जित्दा १६ मा अगाडि रहेको छ । अन्यमा राप्रपा, नेमकिपा पनि समेटिएका छन् । नेकपा एकीकृत समाजवादीले ७ सिट जित्दा १४ सिटमा अगाडि रहेको छ । 

जनता समाजवादी पार्टीले ५ सिट जित्दा २८ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी १० सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले १८८ सिट जित्दा १०२ सिटमा अगाडि रहेको छ । 

एमालेले १२१ सिट जित्दा ११२ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्र ९१ सिट जित्न सफल भएको छ भने ३५ सिटमा अगाडि रहेको छ । 

नेकपा एकीकृत समाजवादीले १४ सिट जित्दा ९ सिटमा अगाडि छ । अन्यले ६ सिट जित्दा ८ सिटमा अगाडि रहेको छ । 

जनता समाजवादी पार्टीले ५ सिट जित्दा २४ सिटमा अगाडि रहेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ११ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ