arrow

विराटनगरमा नागेशकै अग्रता, उपमेयरमा शिल्पा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
nagesh-sagar-umesh-biratnagar.jpg

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला निरन्तर अगाडि रहेका छन् । ४० हजार २७२ मतगणना हुँदा नागेशले १२ हजार ६७२ मत ल्याएका छन् ।

एमालेका सागरकुमार थापाले ९ हजार ५७१ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ४ हजार ५० मत ल्याएका छन् । राप्रपाका प्रह्लादप्रसाद साह हलुवाईले २ हजार ६२७ मत ल्याएका छन् । 

उपमेयरमा भने एमाले अगाडि छ । एमालेकी शिल्पा कार्कीले ११ हजार ११ मत ल्याएकी छिन् । तर गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले ६ हजार ६८६ मत मात्रै ल्याएका छन् ।

राप्रपाकी विन्दाकुमारी लुइटेल आचार्यले ३ हजार १८१ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २ हजार २८८ मत ल्याएकी छिन् । 

यसैबीच १३ नम्बर वडामा राप्रपाले जितेको छ । राप्रपाका सूर्यलाल यादव विजयी भएका छन् । यो वडामा जसपाले जित हासिल गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ