arrow

काठमाडौंमा चालीस हजार बढी मत गणना, वालेन्द्रको कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
walendra-keshav-srijana.jpg

काठमाडौं । बैशाख ३१ गतेदेखि निरन्तर मतगणना भइरहेको काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो अग्रता कायम गरेका छन् । 

बुधबार मध्यान्हसम्म ४० हजार २७२ मत गणना हुँदा वालेन्द्रले १६ हजार ६४७ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार ६०७ मत ल्याएका छन् ।

त्यस्तै गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजार ७६७ मत प्राप्त गरेकी छिन् । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि वालेन्द्रको धेरै छ ।

अन्य उम्मेदवारले भने एक हजार मत पनि ल्याएका छैनन् । अहिलेसम्म १ हजार ३३७ मत बदर भएको बताइएको छ । 

त्यस्तै उपमेयरमा भने एमाले उम्मेदवार सुनीता डंगोल निकै अगाडि छिन् । उनले १५ हजार ६७४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार १५ मत ल्याएका छन् । राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ मत ल्याएकी छिन् । 

काठमाडौंमा १ लाख ९० हजार बढी मत खसेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ