arrow

चार सय ४९ पालिकाको परिणाम आयो, कांग्रेसको दोहोरो शतक नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
congress-uml-maobadi-as-jasapa.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । चार सय ४९ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि बढेको छ । 

कांग्रेसले पालिका प्रमुखमा दोहोरो शतकसमेत नघाएको छ । उपप्रमुखमा पनि कांग्रेस दोहोरो शतक नजिक छ । 

कांग्रेसले २०६ पालिका प्रमुख जितेको छ । कांग्रेसले अझै १२२ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले १२९ पालिका जितेको छ । ६७ पालिकामा अग्रता लिएको छ । 

तेस्रो भएको माओवादी केन्द्रले ८८ पालिका जितेको छ भने ३० पालिकामा अग्रता लिएको छ । अन्यले १४ सिट जित्दा १३ मा अगाडि रहेको छ । अन्यमा राप्रपा, नेमकिपा पनि समेटिएका छन् । 

नेकपा एकीकृत समाजवादीले ७ सिट जित्दा १४ सिटमा अगाडि रहेको छ । जनता समाजवादी पार्टीले ५ सिट जित्दा २९ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी १० सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले १९६ सिट जित्दा ९४ सिटमा अगाडि रहेको छ । 

एमालेले १३३ सिट जित्दा १०३ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्र ९५ सिट जित्न सफल भएको छ भने ३१ सिटमा अगाडि रहेको छ । 

नेकपा एकीकृत समाजवादीले १४ सिट जित्दा ६ सिटमा अगाडि छ । जनता समाजवादी पार्टीले ६ सिट जित्दा २३ सिटमा अगाडि रहेको छ । अन्यले ६ सिट जित्दा ९ सिटमा अगाडि रहेको छ । 

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ११ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ