- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । २७ हजार ४३८ मतगणना हुँदा रेणुले ९ हजार ९७० मत ल्याएकी छिन् ।
दोस्रो स्थानका नेकपा एमालेका विजय सुवेदीले ८ हजार २५८ मत ल्याएका छन् । उनी रेणुभन्दा १७ सय १२ मतले पछाडि परेका छन् । यो गणना भएदेखि पहिलो पटक रेणुले यो फराकिलो अन्तर बनाएकी हुन् ।
नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दरिलो उपस्थिति देखाएका छन् । उनले ४ हजार ५०४ मत ल्याइसकेका छन् ।
निवर्तमान मेयरसमेत रहेकी रेणु गठबन्धनकी उम्मेदवार हुन् । एमालेलाई भने राप्रपाको साथ छ ।
एक लाख २७ हजार बढी मत खसेकामा भरतपुरमा अझै एक लाख मत गन्न बाँकी रहेको छ ।
उपप्रमुखमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाउन सफल भएका छन् । उनले ११ हजार ९५६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ६ हजार ७४२ मत ल्याएकी छिन् ।