काठमाडौं। आमरण अनुसनमा बसेर विधिबत महाधिवेशनको पक्षमा महाधिवेशनको अन्तिम समयसम्म पनि लडिरहेका रत्नहरि ढुङ्गेल नेपाल विद्यार्थी संघको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका छन्। नेविसंघको बिहीबार सम्पन्न मतदानबाट उनी प्रदेश नम्वर ३को खुल्ला तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।
उनी विधिवत महाधिवेशनको माग गर्दै नेविसंघको महाधिवेशनको उद्घाटनसत्र सम्पन्न हुँदासम्म अर्का विद्यार्थी नेता गणेश सापकोटा सहित आमरण अनशनमा थिए। उनीहरूले झण्डै दुईसातासम्म अनसनमा बसेर आन्दोलन गर्दा नेतृत्वलाई विधिवत रूपमा महाधिवेशन गराउने ठूलो दबाब पुगेको प्रतिफल स्वरूप पनि यिनको विजयलाई लिन सकिने नेविसंघ नेताहरू बताउँछन् ।