arrow

लुम्बिनीमा कांग्रेस अगाडि, ४१ पालिकामध्ये कसलाई कति ? [विवरणसहित]

logo
नारायण वली, 
प्रकाशित २०७९ जेठ ४ बुधबार
congress-uml-maobadi-as-jasapa.jpg

बुटवल । कांग्रेस स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म आएको परिणामको आधारमा लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले पहिलो स्थानमा रहेर अग्रता लिइरहेको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म आएको परिणामको आधारमा लुम्बिनी प्रदेशमा नेपाली कांंग्रेस पहिलो स्थानमा रहेर अग्रता लिँदै आएको पाइएको छ ।

४१ वटा स्थानीय तहको अन्तिम परिणाम आएकोमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखमा कांंग्रेसले १६ स्थानमा जित हात पारेको छ।

माओवादीले १५ पालिकामा जित निकालेको छ। एमाले तेस्रोमा रहेको छ। उसले जम्मा ९ पालिकामा जित निकालेको छ। त्यस्तै एउटा पालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह:
–गुल्मी दरबार गाउँपालिका, गुल्मीः सरोज कुमार थापा (६१६६) विजयी, एमालेका कृष्ण बहादुर भुसाल (५६०२)
–रेसुंगा नगरपालिका, गुल्मीः खिलध्वज पन्थी (८६१४) विजयी, एमालेका राजेन्द्र पाण्डे (७३२०)
–ऐरावती गाउँपालिका, प्यूठान नविलविक्रम शाह (४६६९) विजयी, माओवादीका बुद्ध बस्नेत (२६५०)
–गंगादेव गाउँपालिका, रोल्पा हरिबहादुर पुन (२५५७) विजयी, एमालेका रोशन कुमार वली (२४९९)
–राजपुर गाउँपालिका, दाङः शरदकुमार बुढाथोकी (३९८०) विजयी, एमालेका चक्र खड्का (३१६७)
–बबई गाउँपालिका, दाङः कुलबहादुर खत्री (६६१५) विजयी, एमालेका भुवनेश्वर पौडेल (५५२९)
–बारबर्दिया नगरपालिका, बर्दियाः छविलाल थारु (१३००६) विजयी, एमालेका पदमप्रसाद ढकाल (१०३५१)
–मदाने गाउँपालिका, गुल्मीः महेन्द्र बहादुर कुँवर (४७०७) विजयी, एमालेका प्रेमबहादुर केसी (४६९७)
–इस्मा गाउँपालिका, गुल्मीः भरतसिंह खड्का (५५८९) विजयी, एमालेका हिराबहादुर अर्याल (५४६४)
–छत्रदेव गाउँपालिका, अर्घाखाँचीः चन्द्रमान श्रेष्ठ (७४०७) विजयी, एमालेका दिपक पन्थी (७२२४)
–बारबर्दिया नगरपालिका, बर्दियाः छविलाल थारु (१३००६) विजयी, एमालेका पदम प्रसाद ढकाल (१०३५१)
–रैनादेवी छहरा गाउँपालिका, पाल्पाः रुक्मागत भटट्राई (६६४३) विजयी, राम बहादुर राउत (६१४५)
–दंगीशरण गाउँपालिका, दाङः सम्भु गिरी (५४६७) विजयी, एमालेका मेघनाथ शाह (४०४९)
–रुन्टीगढी गाउँपालिका, रोल्पाः जनक पुन (४३९१) विजयी, माओवादीका गोविन्द पुन मगर (३७०८)
–रामपुर नगरापालिका, पाल्पाः रमणबहादुर थापा (९३०९) एमालेका शिव अर्याल (९२४२)

माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह:
–थवाङ गाउँपालिका, रोल्पाः क्रृषि केशव बुढामगर (२१२२) विजयी, स्वतन्त्र दलजित रोका (१५०६)
–रोल्पा नगरपालिका, रोल्पाः सुरेन्द्र थापा (७६०३) विजयी, कांग्रेस शेरबहादुर थापा (३६५८)
–परिवर्तन गाउँपालिका, रोल्पाः सुकबहादुर बुढामगर (३३११) विजयी, कांग्रेसका विश्व कुमार चन्द (३१२९)
–सुनिल स्मृति गाउँपालिका, रोल्पाः मणिराम बुढाथोकी (६०६२) विजयी, कांग्रेसका गन्जबहादुर क्षेत्री (३८९३)
–लुङ्ग्री गाउँपालिका, रोल्पाः भरतकुमार थापा (४९६४) विजयी, कांग्रेसका जनक खड्का (४२९९)
–चन्द्रकोट गाउँपालिका, गुल्मीः युवराज खत्री क्षेत्री (५७००) विजयी, एमालेका चेतन बहादुर बस्नेत (३२४७)
–धुर्कोट गाउँपालिका, गुल्मीः भुपाल पोखरेल (६०८९) विजयी, कांग्रेसका महेन्द्र भण्डारी (४२६१)
–रुरुक्षेत्र गाउँपालिका, गुल्मीः यदु ज्ञवाली विजयी, एमालेका हिमालकुमार श्रेष्ठ पराजित
–मालिका गाउँपालिका, गुल्मीः देविराम अर्याल विजयी, एमालेका रितबहादुर थापा पराजित
–पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्वः पुनिराज घर्ती (३९१३) विजयी, कांग्रेसका तेजेन्द्र खाम मगर (२११३)
–सिस्ने गाउँपालिका, रुकुम पूर्वः कृष्ण रेग्मी (३७७९) विजयी, कांग्रेसका दत्तबहादुर बस्नेत (३७००)
–बंगलाचुली गाउँपालिका, दाङः तुल्सीराम पुन मगर (५७४९) विजयी, एमालेका भेषराज खत्री (३६७८)
–प्युठान नगरपालिका, प्युठानः विष्णुबहादुर योगी (९३२३) विजयी, एमालेका विजय विष्ट (७८१६)
–माण्डवी गाउँपालिका, प्युठानः नमराज अधिकारी (३६७६) विजयी, एमालेका श्रीधर रोका (३४१९)
–रिब्दीकोट गाउँपालिका, पाल्पाः नारायणबहादुर कार्की, विजयी, एमालेका नारायणबहादुर जिसी पराजित।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह:
–पूर्वखोला गाउँपालिका, पाल्पाः नुनबहादुर थापा (६०३९) विजयी, नेकपा एसका मीनप्रसाद गिरी (१२५७)
–तिनाउ गाउँपालिका, पाल्पाः प्रेम श्रेष्ठ (५०९०) विजयी, माओवादीका राजेश श्रेष्ठ (४४६६)
–माथागढी गाउँपालिका, पाल्पाः यमबहादुर चिदी (६१०९) विजयी, कांग्रेसका सन्तोष थापा (५५४५)
–निस्दी गाउँपालिका, पाल्पाः मुक्तबहादुर सारु (६६५२) विजयी, कांग्रेसका गोविन्द अर्याल (३४६६)
–पाणिनी गाउँपालिका, अर्घाखाँचीः टेकराज न्यौपाने (७७४९) विजयी, कांग्रेसका अच्युत गौतम (७०२८)
–छत्रकोट गाउँपालिका, गुल्मीः रामप्रसाद पाण्डेय (६५८६) विजयी, कांग्रेसका अनन्तराम पौडेल (५९४८)
–सत्यवती गाउँपालिका, गुल्मीः टीकाराम पाण्डे (६२६७) विजयी, कांग्रेसका पारिश्वर ढकाल (५६११)
–सरुमारानी गाउँपालिका, प्युठानः झगबहादुर विश्वकर्मा (४२८०) विजयी, कांग्रेसका मुकुन्दराज शर्मा (४१९४)
–मालारानी गाउँपालिका, अर्घाखाँचीः दलबहादुर भट्टराई (८२८३) विजयी, माओवादीका पदम क्षेत्री (६७२७)

राष्ट्रिय जनमोर्चाले जितेको पालिका:
–मल्लरानी गाउँपालिका, प्युठानः कृष्णबहादुर खडका (३५७६) विजयी, एमालेका शिवराज श्रेष्ठ (३०८९)। स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म आएको परिणामको आधारमा लुम्बिनी प्रदेशमा कांग्रेस पहिलो स्थानमा रहेर अग्रता लिइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ