arrow

याङवरक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले 

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७९ जेठ ४ बुधबार
Yangwarak-Elected.jpg

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भीमबहादुर योङया र उपाध्यक्षमा बावा मेयाङ्बो निर्वाचित भएका हुन् ।

योङयाले ४ हजार १ सय १८ मत ल्याउँदै विजयी भए । पराजित नेपाली कांग्रेसका उम्मेदवार मविन्द्र योङयाले ४ हजार ३८ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार सुरेन्द्र लावतीले १८५ मत प्राप्त गरे । 

उपाध्यक्षमा निर्वाचित मेयाङबोले ३ हजार ९९८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार अर्जुनकुमार बेघाले ३ हजार ६७९ मत प्राप्त गरे । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी उम्मेदवार रमला फेदाप तेचुङ शिगुले २०५ मत ल्याइन् । यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ