arrow

बागमतीमा दोहोरिए थापा र मोक्तान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
local-level-election-12345.jpg

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । सम्पन्न मतगणनाको परिणाम अनुसार बागमती नगरपालिकाको मेयर उपमेयरमा माओवादी केन्द्रका उम्मेद्वार भरत कुमार थापा र लिला कुमार मोक्तान विजयी भएका छन् । 

थापा निवर्तमान मेयर हुन् भने, उपमेयर मोक्तान निवर्तमान उपमेयर हुन् । मेयर थापाले ३९८९ मतअन्तरले विजयी भएका हुन् । मेयरमा निर्वाचित थापाले कुल ११,३५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार टंकबहादुर बस्नेत (गोकुल) ले ७३६८ मत मात्र प्राप्त गरे । 

यस्तै उपमेयरतर्फ पनि माओवादी केन्द्रकी उम्मेदवार लिला कुमारी मोक्तान ३१७४ मतान्तरले विजयी भएकी छिन् । उपमेयरमा निर्वाचित मोक्तानले कुल १० हजार ८७९ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरिता घिसिङले ७७०५ मतमात्र प्राप्त गरिन् । 

गत शनिबारबाट शुरु भएको मतगणनाको क्रममा माओवादी केन्द्रका उम्मेदवारले बहुसंख्यक वडामा दोब्बरको अग्रता कायम गरेका थिए भने नेकपा एमालेका उम्मेदवारले निरन्तर पच्छ्याइरहेका थिए । 

यस्तै १२ वडामध्ये माओवादी केन्द्रले १० वडा वडामा जित निकालेको छ । एक वडामा नेकपा एमाले र एक वडामा नेपाली कांग्रेसले जित निकालेको छ । माओवादी केन्द्रबाट वडा नम्बर १ मा निवर्तमान वडाध्यक्ष गंम्भीर सिङ पाख्रिन प्यान, २ नम्बरमा टेकबहादुर बल (बाबु), ३ नम्बरमा निवर्तमान वडाध्यक्ष तिलक मोक्तान, ४ नम्बरमा निवर्तमान वडाध्यक्ष कृष्ण कुमार लामा निर्वाचित भएका छन् । 

यस्तै ५ नम्बरमा निवर्तमान वडाध्यक्ष कृष्णबहादुर वाईवा, ६ नम्बरमा गोपालबहादुर थापा, ७ नम्बरमा निवर्तमान वडाध्यक्ष दुर्गाबहादुर हेन्जन, १० नम्बरमा निवर्तमान वडाध्यक्ष जुगैर कादिर, ११ नम्बरमा निवर्तमान वडाध्यक्ष प्रदिप आचार्य र १२ नम्बरमा निवर्तमान वडाध्यक्ष ओमबहादुर श्रेष्ठ निर्वाचित भएका हुन् । 

यस पालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर÷उपमेयरमा माओवादी केन्द्रले बाजी मारे पनि तीन वडामा नेकपा एमाले विजयी भएको थियो । यस पटक एमाले एउटा मात्र वडामा खुम्चिएको छ । नेपाली कांगेसले एक वडाबाट आफ्नो उपस्थिति जनाएको छ । 

बागमती–४ र १२ नम्बर वडामा रहेको १२१ विगाह क्षेत्रफलमा फैलिएको मानव निर्मित तालका परिकल्पनाकार थापा चर्चित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ