arrow

काठमाडौंमा वालेन्द्रले कटाए २० हजार, स्थापित र सिंह आधामै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
ktm-canided-mayour.jpg

काठमाडौं । स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले २० हजार मत कटाएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार वालेन्द्रले बिहीबार बिहानसम्ममा २० हजार मत कटाएका हुन् । 
 
साह एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९ हजार ३ सय मतले अगाडि रहेका छन् । साहा र स्थापितको मतान्तर निकै फराकिलो बनेको छ । वालेन्द्रले २० हजार २६ मत पाएका छन् ।  

एमालेका उम्मेदवार स्थापितले १० हजार ६३८ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन् ।  गठबन्धनबाट उम्मेदवार दिएकी सिंहले ९ हजार ५५६ सय मत पाएकी छिन् । सिंह स्थापितभन्दा १ हजार ८२ मतपछि रहेकी छन् ।

राप्रपाका मदनदास श्रेष्ठले ८ सय ९ मत पाएका छन् । 

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनीता डङ्गोल अगाडि रहकी छन् । उनले १९ हजार ९५६ मत पाएकी छन् भने ६ हजार ३१६ गठबन्धनका रामेश्‍वर श्रेष्ठ पछ्याइरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ