arrow

नेविसंघमा उपाध्यक्षमा देउवा-सिटौलाका ६, पौडेलका ५ निर्वाचित

देउवा, सिटौला र थापा निकटहरु धेरै निर्वाचित

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
deuba-poudel-sitoula-1.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघको प्रदेश नम्वर १ बाट विकास केसी उपाध्यक्षमा निर्वाचित भएका छन्। केसी पार्टी सभापति शेर बहादुर देउवा कृष्ण सिटौला र गगन थापा निकट हुन्। प्रदेश नम्वर २ बाट सञ्जय यादव उपाध्यक्ष भए। सञ्जय नेविसंघ नेता जीतजंग बस्नेत निकट हुन्। नेपाल विद्यार्थी संघको ३ नम्वर प्रदेश उपाध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित भएका छन्। उनी काँग्रेस नेता गगन थापा र प्रदिप पौडेल निकट हुन्।
 
प्रदेश ४ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन्। सुवेदी काँग्रेस नेता गगन थापा निकट मानिन्छन। प्रदेश नम्वर ५ बाट मनोजमणी प्यानलका प्रकाश राना निर्वाचित भए। प्रदेश नम्वर प्रदेश नम्वर ६बाट रुकुमका खड्क डाँगी निर्वाचित भए। उनी मनोजमणी प्यानलबाट निर्वाचित भए। प्रदेश ७ बाट पुष्प कुमार शाही निर्वाचित भएका छन्। 
 
प्रदेश नम्वर ५ र ६ बाहेक निर्वाचित सबै प्रदेश उपाध्यक्षहरु सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापा निकट मानिन्छन्। मधेशी उपाध्यक्ष पवन यादव संयुक्त टीमबाट निर्वाचित भए। महिला उपाध्यक्षमा उर्मिला थपलिया निर्वाचित हुँदा जनजाती उपाध्यक्ष नविन राई निर्वाचित भए। दलितबाट सागर परियार निर्वाचित भएका छन्। थपलिया, राई र परियार तीनैजना मनोजमणी टीमबाट निर्वाचित भए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ