arrow

पाँच सय ५० पालिकाको परिणाम आयो, एमालेको डेढ सय र माओवादीको सय नाघ्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
congress-uml-maobadi-as-jasapa.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । साढे पाँच सय पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि बढेको छ । 

कांग्रेसले पालिका प्रमुखमा अढाई सय नजिक पुगेको छ । उपप्रमुखमा पनि कांग्रेस अढाई सय नजिक पुगेको छ । कांग्रेसले २४६ पालिका प्रमुख जितेको छ । कांग्रेसले अझै ७३ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले १५६ पालिका जितेको छ । ४२ पालिकामा अग्रता लिएको छ । 

तेस्रो भएको माओवादी केन्द्रले १०४ पालिका जितेको छ भने १३ पालिकामा अग्रता लिएको छ । अन्यले १९ सिट जित्दा १३ मा अगाडि रहेको छ । अन्यमा राप्रपा, नेमकिपा पनि समेटिएका छन् । 

जनता समाजवादी पार्टीले निकै सुधार गरेको छ । जसपाले १४ सिट जित्दा २० मा अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीले १० सिट जित्दा १० सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १ सिट जित्दा ११ सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २२८ सिट जित्दा ७० सिटमा अगाडि रहेको छ । 

एमालेले १६६ सिट जित्दा ६८ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले  १०९ सिट जित्न सफल भएको छ भने १७ सिटमा अगाडि रहेको छ । 

नेकपा एकीकृत समाजवादीले १७ सिट जित्दा ३ सिटमा अगाडि छ । जनता समाजवादी पार्टीले १३ सिट जित्दा १४ सिटमा अगाडि रहेको छ । अन्यले १२ सिट जित्दा ५ सिटमा अगाडि रहेको छ । 

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले २ सिट जित्दा ८ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ