arrow

हेटौंडामा रोचक बन्दै त्रिपक्षीय भिडन्त, गठबन्धन–एमाले–राप्रपाको मत उस्तै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
hetauda-mayour-upamayour.PNG
तस्बिर– फाइल

हेटौँडा । हेटौँडा उपमहानगरपालिका मेयरको मतपरिणाम रोचक बन्दै गएको छ । मेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता कायमै राखे पनि एमालेका उम्मेदवार अनन्त पौडेलले मतान्तर घटाउँदै लगेका छन् ।

२ हजारभन्दा बढीको मतान्तर बनाएकी लामा अहिले पौडेलभन्दा ८५० मतान्तरले मात्र अघि छिन्  । ५१ हजार १११ मत गणना भइसक्दा मेयरमा लामाले १५ हजार ८२६ र पौडेलले १४ हजार ९७६ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले १४ हजार ४१७ मत सहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार कांग्रेसका राजेश बानियाँलेअग्रता बढाउँदै लगेका छन् । बानियाँ २३ हजार २ मत प्राप्त गर्दै अग्रस्थानमा रहँदा निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले १६ हजार ७३५ मत पाएकी छन् । राप्रपाकी इन्दिरा न्यौपाने डल्लाकोटीले ३ हजार ५९४ मत पाएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ