- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । पाँच सय ५६ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि बढेको छ ।
कांग्रेसले पालिका प्रमुखमा अढाई सय सिट जितेको छ । उपप्रमुखमा पनि कांग्रेस अढाई सय नजिक पुगेको छ ।
कांग्रेसले २५० पालिका प्रमुख जितेको हो । कांग्रेसले अझै ६९ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले १५८ पालिका जितेको छ । ४० पालिकामा अग्रता लिएको छ ।
तेस्रो भएको माओवादी केन्द्रले १०४ पालिका जितेको छ भने १४ पालिकामा अग्रता लिएको छ । अन्यले १९ सिट जित्दा १४ मा अगाडि रहेको छ । अन्यमा राप्रपा, नेमकिपा पनि समेटिएका छन् ।
जनता समाजवादी पार्टीले निकै सुधार गरेको छ । जसपाले १४ सिट जित्दा २० मा अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीले १० सिट जित्दा ९ सिटमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १ सिट जित्दा १० सिटमा अगाडि रहेको छ ।
उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २२९ सिट जित्दा ६८ सिटमा अगाडि रहेको छ ।
एमालेले १६८ सिट जित्दा ६५ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले १०९ सिट जित्न सफल भएको छ भने १७ सिटमा अगाडि रहेको छ ।
नेकपा एकीकृत समाजवादीले १८ सिट जित्दा ३ सिटमा अगाडि छ । जनता समाजवादी पार्टीले १३ सिट जित्दा १४ सिटमा अगाडि रहेको छ । अन्यले १२ सिट जित्दा ६ सिटमा अगाडि रहेको छ ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले २ सिट जित्दा ८ सिटमा अग्रता लिएर अगाडि बढेको छ ।