arrow

नेविसंघ केन्द्रीय सदस्यमा को को भए निर्वाचित?

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
NSU-11-conventation-logo.jpg.jpeg
काठमाडौं। नेपाल विद्यार्थी संघमा पदाधिकारी सहित केन्द्रीय सदस्यमा पनि मतपरिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्य पदमा विभिन्न क्षेत्र, भेग र उमेर समुहका निर्वाचित भएका छन्। आमरण अनशनमा बसेका रत्नहरी ढुङ्गेल प्रदेश नं ३ बाट केन्द्रिय सदस्यमा निर्बाचित भएका छन्। ढुङगेल गगन थापा निकट हुन्।
 
रुपा पोखरेल
 
उपत्यकाबाट रुपा पोखरेल र एलिजा ढकाल केन्द्रीय सदस्यमा निर्वाचित भइन। पोखरेल गगन थापा निकट हुन्। ढकाल भने मनोजमणी आचार्य समुहबाट निर्वाचित भइन। जयराम दाहाल प्रदेश ३बाट निर्वाचित हुँदा एलिजा ढकाल उपत्यकाबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन। कर्णालीबाट महिला केन्द्रिय सदस्यमा सुमिता शाही निर्विरोध निर्वाचित भइन। केन्द्रीय सदस्यमा कल्पना पौडेल पनि निर्वाचित भइन।
 
प्रदेश नः ४ बाट खुल्ला केन्द्रीय सदस्यमा भानु ढकाल र देवकृष्ण पराजुली खुल्ला केन्द्रीय सदस्यमा प्रदेश ४ बाटै निर्वाचित भएका छन्। त्यसैगरि केन्द्रीय सदस्यमा टंक पाण्डे, सुदर्शन खनाल, हरिबोल भट्टराई, लेखनाथ भट्टराई, अप्सरा अधिकारी र अर्चना रेग्मी बिजयी भएका छन्। प्रदेश नम्वर ६ बाट खुल्ला केन्द्रीय सदस्यमा रुकुमका तारक केसी र राजेश केसी निर्वाचित भएका छन्। प्रदेश ६ बाट छात्रामा रमा थापा र शुसिला गिरि निर्वाचित भएका छन्। 
 
एलिजा ढकाल
 
प्राविधीक तर्फ शाह, खनाल र बस्नेत विजयी 
नेपाल विद्यार्थी संघको मतपरिणाम आउने क्रम जारी छ। मतपरिणाम अनुसार केन्द्रीय सदस्यमा प्राविधिकतर्फ दुई छात्र र १ छात्रा निर्वाचित भएका छन्। छात्रातर्फ मेली शाह र छात्रतर्फ इन्जिनियर कुलराज खनाल र पुष्पराज बस्नेत निर्वाचित भएका छन्। ३ पदका लागि २२ जना चुनावी मैदानमा थिए। बस्नेत भने गगन निकट हुन्।  
 
विश्वविद्यालयमा गौडेल, सेढाइ र पोखरेल
यसअघी पोखरा विश्वविद्यालय नवराज त्रिपाठी विजयी भएका छन्। काठमाडौं विश्वविद्यालय डा रितेश चिमोरिया विजयी भएका छन्। त्रिवि आंगिक क्याम्पसबाट शैलेन्द्र गौडेल, प्रकाश सेढाइ र सुनिता पोखरेल निर्वाचित भएका छन्। निर्वाचितहरु सबै जना सभापति शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला र गगन थापाले समर्थन गरेकाहरु हुन्। गौडेल भने गगन थापासँग अत्यन्त निकट मानिन्छन। लक्ष्मण पन्थी नेपाल संस्कृत विश्वविद्यालयबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सर्बसम्मत केन्द्रीय सदस्यमा सरोज रेग्मी निर्वाचित भए। रेग्मी गगन निकट मानिन्छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ