arrow

कैलारी गाउँपालिकामा एक सदस्यबाहेक सबैमा कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
nepali-congress-flag-tree00.jpg

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त  गरे भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले छ हजार ४३० मत प्राप्त गरेका छन् ।  

यस्तै उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेकी छिन् भने उनकी प्रतिस्पर्धी माओवादीकी लक्ष्मी सत्गौवा थारुले छ हजार ४७७ मत प्राप्त गरेकी छिन् ।  

३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेको थियो । यसमध्ये तीन हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यस गाउँपालिकाको वडा नं ३ मा माओवादीबाट दलित महिला सदस्यबाहेक एकदेखि ९ नंं वडासम्म पूरै प्यानलसहित कांग्रेसले विजयी हासिल गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ