arrow

कांग्रेस–माओवादीको गठबन्धनलाई हराउँदै सुनवलमा एमालेले मार्‍यो बाजी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
congress-uml-maobadi.jpg

परासी । गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो । 

तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी भएकी छिन् । यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका सूर्यप्रसाद दुवे निर्वाचित भएका छन् । 

प्रमुखमा पराजित पोखरेल नेपाली कांग्रेसबाट र उपप्रमुखमा पराजित खरेल माओवादीबाट उम्मेदवार रहेका थिए । निर्वाचित अर्यालले चौध हजार ८३८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले एघार हजार ६२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उपप्रमुखमा निर्वाचित दुवेले तेह्र हजार ७९८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी खरेलले आठ हजार ८९० मत पाएका हुन् । यसअघिको निर्वाचनमा सुनवल नगरको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित भएको थियो । 

१३ वडा रहेको यस नगरमा सात वडा एमालेले जितेको छ भने कांग्रेसले पाँच र माओवादीले एक वडा जितेको छ । वडा नं १ र २ मा एमालेका मनबहादुर थापा र राजेन्द्र यादव, ३ मा कांग्रेसका पविन गुरुङ, ४ मा एमालेका बालकृष्ण पङ्गेनी, ५ मा कांग्रेसका नेत्रलाल तिवारी र ६ को वडाध्यक्षमा एमालेका हिमलाल शर्मा निर्वाचित भएका हुन् । 

त्यस्तै ७ को वडाध्यक्षमा माओवादीका नारायण आचार्य, ८ मा कांग्रेसका देवबहादुर गुरुङ, ९ र १० मा एमालेका वीरबल चौधरी र दिलबहादुर थापा, ११ र १२ मा कांग्रेसका कमलप्रसाद च्वाई र चुडामणि पौडेल र वडा नं १३ मा एमालेका कृष्णप्रसाद बगाले निर्वाचित भएका हुन् । 

४६ हजार ३०१ मतदाता रहेको सुनवल नगरमा स्थानीय तह निर्वाचनमा विभिन्न ५० मतदान केन्द्रबाट ३४ हजार ४७८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ