arrow

विराटनगरमा ६० हजार मत गनियो, तीन दिनभित्र नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
nagesh-sagar-umesh-biratnagar.jpg

विराटनगर । स्थानीय तहको निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकामा नागेश कोइरालाले मतान्तर बढाएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नागेशले ६० हजार मत गणना हुँदा २० हजार ६३ मत पाएका छन् । 

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापाले १५ हजार ४६ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ६ हजार ३६९ मत ल्याएका छन् । अन्य उम्मेदवारहरुले भने एक हजार मत पनि ल्याउन सकेका छैनन् । 

त्यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्कीले १७ हजार ३८७ मत ल्याएकी छिन् । गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी जसपाका नेता अमरेन्द्र यादवले १० हजार २२५ मत ल्याएका छन् । राप्रपाकी विन्दाकुमारी लुइटेल आचार्यले ४ हजार ६०१ मत ल्याएकी छिन् । 

यसैबीच शनिबारसम्म मतगणना सक्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । एक वडाको गणना दुई ठाउँमा गरेर शनिबारसम्म मतगणना सक्याउने तयारी भइरहेको जनाइएको हो । 



नयाँ