arrow

बालिकालाई करणी गरेको आरोपमा विक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नाबालिकलाई करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका कंडाले घर भएका ६१ वर्षीय होमबहादुर बिक रहेका छन् । विकमाथि स्याङ्गजाको हरिनास गाउँपालिकाकी पाँच वर्षकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । 

प्रहरीका अनुसार विकले हरिनासस्थित आफन्तको घरमा आएकी ती बालिकालाई ललाई फकाई सोही स्थानको चौतारीमा लगेर बलात्कार गरेको खुल्न आएको छ ।

घटनापछि ईलाका प्रहरी कार्यालय चिसापानी र प्रहरी चौकी चित्रेभञ्ज्याङबाट खटिएको प्रहरीको टोलीले विकलाई पक्राउ गरेको हो । विकमाथि नाबालिका करणी कशुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ