arrow

देउवाको गृह जिल्ला डडेल्धुराबाटै नेविसङ्घका चार अध्यक्ष

logo
प्रकाशित २०७३ भदौ २ बिहिबार
dadeldhura-bag-bazar.gif.jpeg
काठमाडौं । काँग्रेसको प्रभावशाली भ्रातृ सङ्गठन नेविसङ्घमा मुुलुकको दुर्गम क्षेत्र भनेर चिनिएको सुदूपश्चिमबाट हालसम्म चार जनाले नेतृत्व लिने अवसर पाएका छन् ।
 
त्यसमा पनि संयोग–‘चारैजना वर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्ला पुख्र्यौली भएकाहरु छन् ।’  विहिबार मात्रै सार्वजनिक भएको ११औं महाधिवेशनबाट नैनसिंह महर नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् । 
 
निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यलाई १२५ मतको अन्तरले पराजित गर्दै  अध्यक्षमा निर्वाचित भएका महर डडेल्धुराको विकट गाविस भागेश्वरमा जन्मिएका हुन् । 
 
महर नेविसङ्घ डडेल्धुराको पूर्वअध्यक्ष तथा डडेल्धुराबाट निर्वाचित काँग्रेस महासमिति सदस्यसमेत हुन् । नेविसङ्घको निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष रही दुई दशकदेखि राजनीतिमा सक्रिय महर प्रखर, रचनात्मक कार्यशैली तथा भद्र व्यक्तित्वका रुपमा परिचित छन् । 
 
डलेल्धुरा नै पुख्र्यौली भएकाहरु नेविसङ्घको अध्यक्ष बन्ने क्रममा पार्टी सभापति शेरबहादुर देउवा नेविसंघको स्थापना कालको दोस्रो अध्यक्ष बने । त्यसपछि काँग्रेस नेता एनपी साउँद नेविसङ्घको सातौँ अध्यक्ष बने । 
 
त्यस्तै सुदूपश्चिमकै केशव सिंह नेविसङ्घको १३औँ अध्यक्ष बनेका थिए, भने महर १८औँ अध्यक्ष बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ