arrow

मायादेवीमा मुसलमान अध्यक्ष

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७९ जेठ ५ बिहिबार
sfsfsfsfsfsfsfsf.jpg

कपिलवस्तु । मायादेवी  गाउँपालिका कपिलवस्तुको अध्यक्षमा बलिउद्धिन मुसलमान  निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार थिए । उनले   ५ हजार २७८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्प्रर्धी जनता समाजवादी पार्टी जसपाका बजरंगीप्रसाद कुर्मीले ४ हजार ८८० मत पाए ।   

मुसलमानले  ३९८ मत अन्तरले जित हात पारेका हुन् । साथै उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार सरस्वती यादव निर्वाचित भएकी छिन् । उनले  ५ हजार ३७ मत प्राप्त गरिन् । उनकी निकटतम प्रतिस्प्रर्धी जनता समाजवादीकी रश्मिसुधा त्रिपाठीले ४ हजार ५७८ मत प्राप्त गरिन् । 

८ वडा रहेको गाउँपालिकामा वडा नं १ मा नेकपा माओवाी केन्द्रका इसहाक मुसलमान, वडा नं २ मा कांग्रेसका मोहम्मद हुसेन खान, ३ नं वडामा जसपाका  शैलेन्द्र यादव, ४ नं मा जनता समाजवादीका अस्फाक अहमद खान, ५ नं वडामा माओवादी केन्द्रका राघवेन्द्र पाण्डेय, ६ नं वडा मा जसपाका सन्दिप चौधरी,  ७ नं वडामा जसपाकै जर्नादन कुर्मी  र ८ नं वडामा माओवादी केन्द्रका मुस्ताक अहमद मुसलमान निर्वाचित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ