arrow

एमालेको कब्जामा गढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
CPN-UML-Flag.jpeg

विराटनगर । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार बिहीबार सार्वजनिक भएको अन्तिम मत परिणाममा गढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका आशनारायण चौधरीले आठ हजार ९०१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेश दत्तले पाँच हजार ३५० मत ल्याए । 
    
उपाध्यक्षमा एमालेकी अनिताकुमारी साहले सात हजार ८१५ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनकी प्रतिस्पर्धी कांग्रेसका राजकुमारी चौधरीले पाँच हजार ८३८ प्राप्त गरिन् । 

छ वटा वडा रहेको यस गाउँपालिकामा पाँच वटा वडामा वडाध्यक्ष एमाले र एकमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ