arrow

सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे समीक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
balkrishna khand.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गत वैशाख ३० मा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे समीक्षा भएको छ । 

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र राष्ट्रसेवक कर्मचारीलाई बैठकले धन्यवाद दिएको छ । बैठकले निर्वाचनमा सक्रिय सहभागिताका लागि राजनीतिक दलप्रति पनि धन्यवाद व्यक्त गरेको गृहमन्त्रालयले जानकारी दिएको छ ।

निर्वाचन गराउने सिलसिलामा घाइते भएका सुरक्षाकर्मी तथा कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, निर्वाचनमा खटिएका बेलामा मृत्यु भएका नेपाल प्रहरी र म्यादी प्रहरीका परिवारमा दुःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाका परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय बैठकले गरेको छ । 

स्थानीय तह निर्वाचनका क्रममा खटिएका पाँच म्यादी प्रहरी र एक प्रहरीको मृत्यु भएको बैठकमा जानकारी गराइएको थियो । मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही रु २० लाख दिने र घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो ।

बैठकमा निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, प्रमुखसहित आयुक्तहरु, मुख्य निर्वाचन अधिकृत भएर खटिएका न्यायाधीशहरुलाई पनि एकै चरणमा निर्वाचन सम्पन्न गर्न योगदान पुर्याएको भन्दै धन्यवाद व्यक्त गरिएको थियो ।  

गृहप्रवक्ता फणीन्द्रमणि पोखरेलले बैठकमा अहिलेको निर्वाचनमा भएका कमजोरी र आगामी निर्वाचनमा सुधार गर्नुपर्ने विषयबारे परामर्श भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ