arrow

पाँच सय ९६ पालिकाको अन्तिम परिणाम आयो, कसलाई कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ५ बिहिबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये पाँच सय ९६ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि बढेको छ । 

कांग्रेसले पालिका प्रमुखमा अढाई सय बढी सिट जितेको छ । उपप्रमुखमा पनि कांग्रेस अढाई सय नजिक पुगेको छ । 

कांग्रेसले २६५ पालिका प्रमुख जितेको हो । कांग्रेसले अझै ५८ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले १६७ पालिका जितेको छ । ३० पालिकामा अग्रता लिएको छ । 

तेस्रो भएको माओवादी केन्द्रले १०६ पालिका जितेको छ भने १४ पालिकामा अग्रता लिएको छ । अन्यले २३ सिट जित्दा १० मा अगाडि रहेको छ । अन्यमा स्वतन्त्रसँगै राप्रपा अगाडि छन् । नेमकिपा पनि समेटिएको छ । 

जनता समाजवादी पार्टीले निकै सुधार गरेको छ । जसपाले १७ सिट जित्दा १८ मा अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीले १४ सिट जित्दा ५ सिटमा अगाडि रहेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जित्दा ८ सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २४५ सिट जित्दा ५४ सिटमा अगाडि रहेको छ । 

एमालेले १८३ सिट जित्दा ५० सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले  ११५ सिट जित्न सफल भएको छ भने १२ सिटमा अगाडि रहेको छ । 

नेकपा एकीकृत समाजवादीले १८ सिट जित्दा ५ सिटमा अगाडि छ । जनता समाजवादी पार्टीले १६ सिट जित्दा १४ सिटमा अगाडि रहेको छ । 

अन्यले १५ सिट जित्दा २ सिटमा अगाडि रहेको छ । 

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ५ सिट जित्दा ५ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ