arrow

छ सय ३४ पालिकाको अन्तिम परिणाम आयो, कसलाई कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
local-level-election-2079.jpg

काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सात सय ५३ मध्ये छ सय ३४ पालिकाको अन्तिम मतपरिणाम आउँदा नेपाली कांग्रेस निकै अगाडि रहेको छ । 

कांग्रेसले पालिका प्रमुखमा २८३ सिट जितेको छ । कांग्रेसले अझै ४३ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानको एमालेले १७७ पालिका जितेको छ । २० पालिकामा अग्रता लिएको छ । 

तेस्रो भएको माओवादी केन्द्रले १११ पालिका जितेको छ भने ११ पालिकामा अग्रता लिएको छ । अन्यले २४ सिट जित्दा ९ मा अगाडि रहेको छ । अन्यमा स्वतन्त्रसँगै राप्रपा अगाडि छन् । नेमकिपा पनि समेटिएको छ । 

जनता समाजवादी पार्टीले निकै सुधार गरेको छ । जसपाले १८ सिट जित्दा १७ मा अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीले १४ सिट जित्दा ५ सिटमा अगाडि रहेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट जित्दा ५ सिटमा अगाडि रहेको छ । 

उपप्रमुखतर्फ पनि कांग्रेस निकै अगाडि रहेको छ । कांग्रेसले २५६ सिट जित्दा ४५ सिटमा अगाडि रहेको छ । 

एमालेले १९९ सिट जित्दा ३२ सिटमा अगाडि रहेको छ । त्यस्तै माओवादी केन्द्रले  ११८ सिट जित्न सफल भएको छ भने ८ सिटमा अगाडि रहेको छ । 

नेकपा एकीकृत समाजवादीले २१ सिट जित्दा २ सिटमा अगाडि छ । जनता समाजवादी पार्टीले १८ सिट जित्दा १५ सिटमा अगाडि रहेको छ । 

अन्यले १५ सिट जित्दा ४ सिटमा अगाडि रहेको छ । 

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ७ सिट जित्दा ४ सिटमा अग्रता लिएर अगाडि बढेको छ । 

अहिले ११० पालिकाको मतगणना भइरहेको छ । नौ पालिकाको गणना हुन बाँकी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ