arrow

बाँकेको जानकीमा एमालेको किल्ला भत्काउँदै कांग्रेसका छब्बन र रामप्यारी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
chabban-rampyari.JPG

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

एमालेको विरासत भत्काउँदै जानकीमा कांग्रेस विजयी भएको हो । कांग्रेसका छब्बन खाँ अध्यक्ष र रामप्यारी यादव उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

खाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमान्शु यादव र रामप्यारीको निकटतम प्रतिस्पर्धी एमालेकी भूमिसरा धिताल बनेका छन् । 

औपचारिक मत परिणाम घोषणा हुन भने बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ