arrow

अम्बिका बनिन् अछामकै पहिलो महिला नगर प्रमुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
ambika-chalaune--.jpg

अछाम । अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचित भएकी छिन् । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी भएकी हुन् ।

उनले ३ हजार ६५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धाीहरू माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२, एमालेका नन्दबहादुर कडायत २ हजार ६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्ट ६ ९२ र स्वतन्त्र टंक तिमिल्सैनाले १५४ मत पाए । 

उपप्रमुखमा कांग्रेसकै हर्कबहादुर रावल विजयी भए। उनले ४ हजार १८८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता रावल २ हजार ६१८, एमालेकी राजु सञ्जाल १ हजार २ र एकीकृत समाजवादीकी कृष्णा जैशी न्यौपानेले ८७८ मत पाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ