arrow

गाईजात्रा मनाइदै, आफन्तको स्मृतिमा सम्झना

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
gaijatra.jpeg
काठमाडौँ ।  भाद्र कृष्ण प्रतिपदाबाट वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको स्मृतिमा गाईको प्रतीक तथा विभिन्न झाँकी प्रदर्शन गरेर शुक्रबार गाईजात्रा मनाइँदैछ ।  
 
विशेषगरी नेवार समुदाय बसोबास गर्ने विभिन्न जिल्लामा गाईजात्रा मनाउने गरिन्छ । 
 
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराजमात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ । 
 
राजाले वर्ष दिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको इतिहासमा वर्णित छ ।  
 
काठमाडौँ, पाटन र भक्तपुरका दरबार क्षेत्र परिक्रमा गरेर यो जात्रा मनाउने चलन अझै छ ।  ओखलढुङ्गा, भोजपुर, सुनसरीको धरान, बागलुङ, पाल्पालगायतका नेवार बसोबास भएका क्षेत्रमा पनि यो जात्रा मनाउने गरिन्छ ।  
 
यसै दिन व्यङ्ग्यात्मक प्रदर्शन, प्रहसन तथा प्रकाशनहरूमा व्यङ्ग्यपूर्ण रचना प्रकाशित गर्ने चलन छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ