arrow

बेलबारी मेयरमा एमालेका डीपी र उपमेयरमा कांग्रेसकी नितु

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
belbari-mayor-upamayor.jpg

बेलबारी । गत बैशाख ३० गते सम्पन्न निर्वाचनको शुक्रबार बिहान प्राप्त मतपरिणाम अनुसार मेयरमा एमालेका दिलप्रसाद राई र उपमेयरमा नितु थापा (कोइराला) निर्वाचित भएका छन् । मेयरमा निर्वाचित राईले १६ हजार ४२२ मत ल्याएर विजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गरे । 

यसैगरी मेयरका उम्मेदवार माओवादी केन्द्रका नगेन्द्र खड्काले २ हजार ९३७ मत प्राप्त गर्दा राप्रपाका खेम गौतमले ४६० मत प्राप्त गरे । यसैगरी मेयरका उमेदवार एकीकृत समाजवादीका भुपाल बस्नेतले २१९, मंगोल नेशनलका भिम राईले २१० र श्याम नेपालीले १० मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी नितु थापाले १३७३१ मत ल्याउँदा एमालेकी तिलकुमारी गौतम (तिला न्यौपाने) ले १३ हजार ६०५ मत ल्याइन् । माओवादी उम्मेदवारले ३७४२ मत ल्याउँदा राप्रपा उमेदवारले ५००, जनता समाजवादी पार्टीका उम्मेदवारले ४८९, स्वतन्त्र उमेदवार रुक्मिणी धिमालले २७०७ र एकीकृत समाजवादी उम्मेदवारले १८९ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ