arrow

उर्लाबारीमा एमालेका खरेल र खतिवडा 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
urlabari-mayor-upamayor-2079.jpg

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाको नगर प्रमुखमा एमालेका उम्मेदवार गंगाप्रसाद खरेल विजयी भएका छन् । उपमेयरमा पनि एमालेका उम्मेदवार मिनाकुमारी खतिवडा  निर्वाचित भएकी छिन् । खरेलले निवर्तमान नगर प्रमुख खड्गबहादुर फागोलाई पराजित गरेका हुन् ।

खरेलले १२ हजार १५६ मत प्राप्त गरी विजयी हासिल गरेका छन् । फागोलाई उनले १ हजार ८६६ मतको अन्तरले पराजित गरेका हुन् । फागोको १० हजार २९० मत आएको थियो ।

उप्रमुखमा एमालेकी उम्मेदवार खतिवडाले १० हजार ७२८ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी सीता कार्कीले १० हजार ६४० मत प्राप्त गरिन् । ९ वडा रहेको उर्लाबारीमा ५ वडामा एमाले र ४ वडामा कांग्रेसले वडाध्यक्षमा जितेको छ ।

उर्लाबारी १ मा एमालेका तिलककुमार पाण्डले १ हजार ११९, २ मा कांग्रेसका कुमार कँडेलले १ हजार २२८, वडा ३ मा भिष्म राज बुढाथोकीले १ हजार ५१६ मत, ४ मा कांग्रेसका कल्याणकुमार राईले १ हजार २४२, वडा ५ मा एमालेका रविनकुमार लामाले ९१७, वडा ६ मा कांग्रेसका चिन्तामणि पौड्यालले १ हजार २६९, वडा ७ मा एमालेकी उर्मिला थापाले १ हजार ४५५, वडा ८ मा एमालेका कुलबहादुर कार्की र ९ मा कांग्रेसका नरबहादुर मोक्तानले १ हजार २ सय ७७ मत ल्याएर जितेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ