arrow

जंजीरको कटेजमा तिब्बती नोर्वुसहित आधादर्जन जुवाडे अमेरिकी डलर र कौडासहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
Kauda.jpeg

काठमाडौं । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो । 

पक्राउ परेकासँग प्रहरीले नेपाली रु ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ । यस्तै तारकेश्वर नगरपालिका–५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित छ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेकासँग प्रहरीले रु २३ हजार ३६० नगद र तीन बुक तास बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ