arrow

तनहुँमा मोटरसाइकल ग्यारेज सञ्चालकमाथि हतियार प्रहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
rad parhar.jpg

पोखरा । तनहुँको व्यास नगरपालिका वडा नं. ३ देउरालीनगरमा मोटरसाइकल ग्यारेज सञ्चालक दिलबहादुर सारुमाथि बिहीबार धारिलो हतियार प्रहार भएको छ । 

हतियार प्रहारबाट ५४ बर्षीय सारु गम्भीर घाइते भएका छन् । व्यास-१४ विसघरेका २१ बर्षका विनोद थापाले सारुमाथि हातियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

हतियार प्रहार गर्नुको कारण भने खुल्न नसकेको र थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको तनहुँ प्रहरीका प्रवक्ता युवराज खड्काले जानकारी दिए । स्थानीयले भने थापाको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । यस विषयमा पनि अनुसन्धान हुने खड्काले स्पष्ट पारे । 

आँखा र टाउकामा गहिरो चोट लागेका सारुलाई थप उपचारका लागि पोखरा ल्याइएको र पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको डिएसपी खड्काले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ