arrow

सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ६ शुक्रबार
pakrau9.jpg

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ का २७ वर्षीय रुद्र गदाल रहेका छन् । गदल व्यास नगरपालिका वडा  नं. २ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्यूटर एण्ड आइटी सेन्टर संचालन हुन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको तनहुँ प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए । 

डिएसपी खड्काका अनुसार गदलले वैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेका थिए । 

प्रहरीले उनको साथबाट किर्ते बनाउन प्रयोग भएको कम्प्यूटर समेत बरामद गरेको डिएसपी खड्काले बताए । उनीमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ