arrow

विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी 

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ जेठ ७ शनिबार
nagesh-koirala-mayor-biratnagar.jpg

मोरङ । मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । कोइराला ३० हजार १७० मतसहित विजयी भएका हुन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् ।

एमाले उम्मेदवार थापाले २१ हजार ४५५ मत ल्याउँदा कोइरालाले ३० हजार बढी मत प्राप्त गरेका हुन् । विराटनगरमा कुल ८९ हजार ७८९ मत खस्दा कोइरालाले मतगणनाको शुरुआतदेखि नै अग्रता कायम गर्दै आएका थिए ।

यस्तै विराटनगरको उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्की निर्वाचित भएकी छिन् । निकटतम प्रतिस्पर्धी गठबन्धनका (जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका पुत्र) अमरेन्द्र यादवलाई ११ हजार ४६१ को भारी मतान्तरले पराजित गर्दै कार्की विराटनगरको उपमेयरमा विजयी भएकी हुन् । यादवले १४ हजार २१९ मत प्राप्त गर्दा कार्कीले २५ हजार ६८० मत ल्याएकी हुन् ।

प्राप्त मत परिणाम अनुसार कुल १९ वडा रहेको विराटनगरमा भने एमालेले ९, कांग्रेसले ६, जसपाले २, राप्रपाले १ र स्वतन्त्रले १ वडामा जित हासिल गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ