arrow

धमाधम तोडिँदै एमालेको लालकिल्ला, दोष नेताहरुको कि गठबन्धन शक्तिको ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ७ शनिबार
CPN-UML-Flag.jpeg

काठमाडौं । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र एमाले महासचिव शंकर पोखरेलको आधार इलाका मानिने लुम्बिनी प्रदेशमा एमालेका गढ भत्किएका छन् । लुम्बिनी प्रदेशका १ सय ९ पालिकामध्ये अहिलेसम्म ९२ पालिकाको आधिकारिक नतिजा सार्वजनिक हुँदा एमाले २२ स्थानीय तहमा खुम्चिदा एमालेका गढ भत्किएका हुन् । 

निर्वाचन आयोगले शनिबार बिहानसम्म दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा रहेको छ । बर्षौंदेखि गढ रहेको बुटवल पनि कांग्रेसले कब्जा गर्दैछ । विष्णु पौडेल आफैं सो क्षेत्रमा खटिए पनि उनको कुनै जोड चलेन । ३० वर्षपछि बुटवल नगरपालिका कांग्रेसले फिर्ता गर्ने अवस्थामा पुगेको हो । बुटवल वडा नंं ११ को ४५ सय मत गन्न बाँकी छँदा खेलराज नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेकाले पाण्डेयको जित निश्चित भएको हो । 

बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ ।

नेपाली कांग्रेस अहिलेसम्म ४१ पालिकामा विजयी भएको छ । माओवादी २४ पालिकामा विजयी हुँदा एमालेले जम्मा २२ पालिका जितेको छ । दुई पालिकामा जनमोर्चाले विजय हासिल गरेको छ भने दुई पालिका जनता समाजवादी पार्टीले जितेको छ। 

त्यस्तै एक पालिकामा राप्रपा विजयी भएको छ । १२ जिल्ला रहेको प्रदेशमा गुल्मी, रोल्पा, अर्घाखाँची, बर्दिया, रुकुम पूर्व, प्युठान, नवलपरासी पश्चिमका सबै पालिकाको मतगणना सकिएको छ । 

प्रदीप ज्ञावाली, गोकर्ण विष्ट रहेको जिल्ला गुल्मी पनि लाल किल्ला तोडिएको छ । शंकर पोखरेलको जिल्ला दाङको घोराही नगरपालिका मात्रै एमालेले जितेको छ । विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको सैनामैना नगरपालिका नै कांग्रेसले जितेको छ । 

दाङमा तुल्सीपुर उपमहानगरपालिकाको मात्र बाँकी छ । पाल्पाको रम्भादेवी गाउँपालिका बाहेक अन्य गाउँपालिकाको मत गणना सकिएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका गढ भत्किएपछि पौडेल र पोखरेल अप्ठेरो अवस्थामा छन् । 

कांग्रेसले जितेका स्थानीय तह 
–गुल्मी दरबार गाउँपालिका, गुल्मीः सरोज कुमार थापा ९६१६६० विजयी, एमालेका कृष्ण बहादुर भुसाल ९५६०२०
–रेसुंगा नगरपालिका, गुल्मीः खिलध्वज पन्थी ९८६१४० विजयी, एमालेका राजेन्द्र पाण्डे ९७३२००
–मदाने गाउँपालिका, गुल्मीः महेन्द्रबहादुर कुँवर ९४७०७० विजयी, एमालेका प्रेमबहादुर केसी ९४६९७०
–इस्मा गाउँपालिका, गुल्मीः भरतसिंह खड्का ९५५८९० विजयी, एमालेका हिराबहादुर अर्याल ९५४६४०
–कालिगण्डकी गाउँपालिका, गुल्मीः बेदबहादुर थापा ९४८१०० विजयी, एमालेका रामजी ढकाल ९४६७७०
–ऐरावती गाउँपालिका, प्युठानः नविलविक्रम शाह ९४६६९० विजयी, माओवादीका बुद्ध बस्नेत ९२६५००
–स्वर्गद्वारी गाउँपालिका, प्युठानः टंकप्रसाद भण्डारी, ९७७२६० विजयी, एमालेका रामप्रसाद श्रेष्ठ ९५१५२०
–गौमुखी गाउँपालिका, प्युठानः विष्णु गिरी ९३६४९० विजयी, एमालेका जुमानसिंह घर्ती ९२६८७०
–राजपुर गाउँपालिका, दाङः शरदकुमार बुढाथोकी ९३९८०० विजयी, एमालेका चक्र खड्का ९३१६७०
–बबई गाउँपालिका, दाङः कुलबहादुर खत्री ९६६१५० विजयी, एमालेका भुवनेश्वर पौडेल ९५५२९०
–दंगीशरण गाउँपालिका, दाङः सम्भु गिरी ९५४६७० विजयी, एमालेका मेघनाथ शाह ९४०४९०
–लमही नगरपालिका, दाङः जोगराज चौधरी ९९३१७० विजयी, माओवादीका बसन्तराज शर्मा ९७२८५०
–शान्तिनगर गाउँपालिका, दाङः प्रमोद बस्नेत ९५७१६० विजयी, एमालेका विष्णु केसी ९४५२४०
–डुडुवा गाउँपालिका, बाँकेः नरेन्द्रकुमार चौधरी ९६२७२० विजयी, जसपाका भण्डारीलाल अहिर ९५१२५०
–राप्ती सोनारी गाउँपालिका, बाँकेः तप्तबहादुर पौडेल ९१०११२० विजयी, माओवादीका पट्टु थारु ९९२९२०
–बारबर्दिया नगरपालिका, बर्दियाः छविलाल थारु ९१३००६० विजयी, एमालेका पदमप्रसाद ढकाल ९१०३५१०
–गुलरिया नगरपालिका, बर्दियाः मुक्तिनाथ यादव ९७०८९० विजयी, एमालेका अमर खड्का ९७८११०
–गेरुवा गाउँपालिका, बर्दियाः जमान केसी ९७६९८० विजयी, माओवादीका विश्वबहादुर थारु ९६६२००
–ठाकुरबाबा नगरपालिका, बर्दियाः तिलकराम लम्साल ९९०४२० विजयी, माओवादीका नेत्रराज आचार्य ९६८१८०
–बारबर्दिया गाँउपालिका, बर्दियाः छविलाल थारु ९१३००६० विजयी, एमालेका पदम ढकाल ९१०३५१०
–मधुवन नगरपालिका, बर्दियाः तेजबहादुर भाट ९८७७५० विजयी, माओवादीका लक्ष्मी शर्मा ९७९३१०
–रैनादेवी छहरा गाउँपालिका, पाल्पाः रुक्मागत भट्टराई ९६६४३० विजयी, राम बहादुर राउत ९६१४५०
–रामपुर नगरपालिका, पाल्पाः रमणबहादुर थापा ९१०४५६० विजयी, एमालेका शिव अर्याल ९१००८३०
–तानसेन नगरपालिका, पाल्पाः सन्तोषलाल श्रेष्ठ ९११२७३० विजयी, एमालेका घनेन्द्रराज घिमिरे ९१०३९४०
–गंगादेव गाउँपालिका, रोल्पाः हरिबहादुर पुन ९२५५७० विजयी, एमालेका रोशनकुमार वली ९२४९९०
–रुन्टीगढी गाउँपालिका, रोल्पाः जनक पुन ९४३९१० विजयी, माओवादीका गोविन्द पुन मगर ९३७०८०
–सिद्धार्थनगर नगरपालिका, रुपन्देहीः इश्तियाक अहमद खान ९९१३४० विजयी, राप्रपाका सागरप्रताप राणा ९८१३७
–शुद्धोधन गाउँपालिका, रुपन्देहीः विष्णुप्रसाद बस्याल ९७९८३० विजयी, एमालेका किशुनचन्द चौधरी ९६२७००
–कञ्चन गाउँपालिका, रुपन्देहीः नवराज ढकाल ९९०८५० विजयी, एमालेका दिनानाथ आचार्य ९७८५४०
–मायादेवी गाउँपालिका, रुपन्देहीः ध्रुवनारायण चौधरी ९५३८६० विजयी, लोसपाका राम अघारे अहिर ९४९८८०
–सियारी गाउँपालिका, रुपन्देहीः थानेश्वर घिमिरे ९१००४५० विजयी, एमालेका अयोध्या थारु ९७२६८०
–छत्रदेव गाउँपालिका, अर्घाखाँचीः चन्द्रमान श्रेष्ठ ९७४०७० विजयी, एमालेका दिपक पन्थी ९७२२४०
–शीतगंगा नगरपालिका, अर्घाखाँचीः छविलाल पौडेल ९१००७८० विजयी, एमालेका बसन्तकुमार श्रेष्ठ ९९८९२०
–रामग्राम नगरपालिका, नवलपरासी पश्चिमः धनपत यादव ९७८२४० विजयी, कांग्रेसका नरेन्द्रकुमार गुप्ता ९६२६७०
–सुस्ता गाउँपालिका, नवलपरासी पश्चिमः टेकनारायण उपाध्याय ९६२७०० विजयी, एमालेका रामप्रसाद पाण्डेय ९५९९८०
–बर्दघाट नगरपालिका, नवलपरासी पश्चिमः शम्भुलाल श्रेष्ठ ९१८४८९० विजयी, एमालेका धिरज शर्मा ९१३३२७०
–प्रतापपुर गाउँपालिका, नवलपरासी पश्चिमः उमेशचन्द्र यादव ९६००८० विजयी, जनता प्रगतिशिल पार्टीका करम हुसेन मिया ९३८०८०



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ