arrow

ह्याट्रिक ओलम्पिकमा हरेक ह्याट्रिक स्वर्ण जित्दै बोल्ट

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
bolt.jpeg
रियो । सन् २००८ को बेइजिङ ओलम्पिक र सन् २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण पदकमा ह्याट्रिक गरेका जमैकाका धावक उसेन बोल्टले रियो ओलम्पिकमा पनि ह्याट्रिक नजिक पुगेका छन् । बोल्टले दोस्रो स्वर्ण पदक जितेका छन् ।
 
Bolt won the event in 19.78 seconds, a season best, ahead of Andre de Grasse and France's Christophe Lemaitre
 
शुक्रबार बिहान भएको पुरुष दुई सय मिटर दौड १९.७८ सेकेण्डमा पूरा गर्दै बोल्टले स्वर्ण पदक जितेका हुन् । यो स्पर्धाका क्यानाडाका एन्द्रे दे ग्रास २०.०२ सेकेन्डमा रेस सकाउँदै दोस्रो भएभने फ्रान्सका क्रिष्टोफ लेमित्र २०.१२ सेकेन्डका साथ तेस्रो भए ।
 
Bolt is edging closer to an unprecedented 'triple triple' - winning the 100m, 200m and 4x100m at a third straight Games
 
यसअघि सय मिटर दौडमा स्वर्ण जितिसकेका बोल्टले दुई सय मिटरको स्वर्ण जित्दै ओलम्पिकमा समग्र पदक संख्या ८ पुर्‍याएका छन् ।
 
Bolt performs his trademark lightning bolt celebration after capturing the gold medal on Thursday night
 
बोल्टले अब आइतबार बिहान रियो ओलम्पिकमा तेस्रो स्वर्णका लागि पुरुष ४ गुणा सय मिटर रिलेमा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धामा स्वर्ण पदक जिते बोल्ट ओलम्पिकको इतिहासमै ९ स्वर्ण पदक जित्ने दुर्लभ एथ्लेटिक्स खेलाडीको सुचीमा पुग्नेछन् । 
 
यो सुचिमा अहिले अमेरिकाका कार्ल लेविस र फिनल्याण्डका पाभो नुर्मीमात्रै छन् ।
 
ओलम्पिकमा सबैभन्दा बढी २३ स्वर्णपदक जित्ने कीर्तिमान भने अमेरिकी पौडीबाज माइकल फेल्प्सको नाममा छ ।



नयाँ