arrow

रियो ओलम्पिकमा ८२ राष्ट्रलाई पदक, अमेरिका शीर्षमै

logo
प्रकाशित २०७३ भदौ ३ शुक्रबार
Medales-new.jpeg
रियो । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्समा अहिलेसम्म शरणार्थी टिमसहित दुई सय छ राष्ट्र सम्मिलित रहेकामा ८२ राष्ट्रले पदक जितेका छन् । पदक तालिकामा दक्षिण एसियाबाट अहिलेसम्म भारतले एउटा कास्यपदकमात्र जितेको छ । 
 
पदक तालिकामा अमेरिका शीर्ष स्थानमा कायमै छ । अमेरिका ३५ स्वर्ण, ३३ रजत र ३२ कास्यसहित १०० पदकका साथ शीर्ष स्थामा कायमै रहेको हो । बेलायत २२ स्वर्णसहित दोस्रो स्थानमा रहँदा चीन २० स्वर्णसहित तेस्रो स्थानमा झरेको छ । 
 
१३ स्वर्णको जर्मनी चौथो तथा १२ स्वर्णको रुस पाँचौं स्थानमा छ । समान स्वर्णकै जापान छैटौं स्थानमा हुँदा आठ स्वर्णका फ्रान्स, इटाली र नेदरल्याण्डस् क्रमशः सातौं, आठौं तथा नवौं स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ